बोहोराको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग

तु खबर संवाददाता
२०७८ आश्विन २५, सोमबार १४:४६

गोरखा । लामो समयदेखि कम्मर मुनिको दुवैतर्फको हड्डी हरु खिइयर हिडडुल गर्न नसक्ने भएका गोरखा भिमसेनथापा गाउँपालिका वडा नम्बर १ का  विदुर बोहराको लागि दक्षिण कोरियाबाट एक लाख १८ हजार १६१ रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ । नेपाल गोरखा परिवार दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष समाजसेवी चिरञ्जीवी पोखरेलको नेतृत्वमा खेमराज देवकोटा, सबिन बराम, युगराज अंगाई लगायतको सहकार्य र सहयोगमा रकम संकलन भएको हो ।

सहयोग गर्नेहरुमा चिरञ्जीवी पोखरेल (सिरानचोक ४), सबिन बराम (भीमसेनथापा १), युगराज अंगाइ (भीमसेन थापा), खेमराज देबकोटा (पालुङटार), दिपक विश्वकर्मा, मित्र बन्धु काफ्ले, आस्था बिन्दु मल्ल, कुमार थापा कमल, सन्तोष भण्डारी (गो न पा १), सुर्यबहादुर क्षेत्री, पाण्डे ईश्वर (भीमसेन थापा), नबराज भट्टराई (भीमसेन थापा), भोजराज खनाल (भीमसेन थापा), पनेरु शंकर, बुद्धि नेपाल (भीमसेन थापा), जिवन श्रेष्ठ, रुपेश थापा, प्रेम पोखरेल (सिरानचोक ४) रहेका छन् ।

यसैगरी, राम पुन मगर (म्याग्दी), तुलसी पुडासैनी भीमसेन थापा), शंकर पसाछे (काभ्रे), दिपक वली (दाङ ), राज कुमार गौतम (बागलुङ),जीवन पौडेल (कास्की), अनिल तामाङ ( काभ्रे), रमेश थापा मगर ,रमेश दाहाल (पालुङटार–४), सविन गुरुङ (सिरानचोक–५), प्रदीप नेपाली (भीमसेन थापा ४), युनिक लामा (काभ्रे), टोप लुइँटेल (पाल्पा), काभ्य नवराज (स्याङ्जा, नवराज गुरुङ (भीमसेन थापा), गोकुल बञ्जारा, विमल देबकोटा (पालुङटार २), निराजन गिरी, जीवन दुवाडी, पूर्ण गुरुङ, प्रदीप भट्टराई (भीमसेन थापा २), रंजन धमला (आरुघाट), सबिन पुलामी मगर (सिरानचोक), लिलु गुरुङ, सुरेश थापा , रेबिका लामिछाने, राजु अधिकारी, बेनी बस्नेत (सोलु), विनोद बस्नेत (सोलु), रामचन्द्र गजुरेल (पालुङटार २), दिपक खनाल, यम पनेरु, कृष्ण भट्टराई (सिरानचोक ४), जीतेन्द्र महता, सञ्जय डोटेल (भक्तपुर), उत्तम विष्ट (महेन्द्रनगर), सन्तोष काप्री, अनिल भट्टराई (भीमसेन थापा ४ ), अर्जुन भुजेलले आर्थिक रकम सहयोग गरेका हुन् ।

सो रकम बराबरको चेक सोही गाउँपालिका निबासी समाजसेवी तथा शिक्षक विश्व भट्टले पीडित विदुर बोहोरालाई हस्तान्तरण गरेका छन्  । पीडित बोहोराको एउटा अपरेशन भइसकेको र अर्को अप्रेसन तुरुन्त गर्न नमिल्ने भएकोले ८ हप्तापछि अपरेसन हुने कुरा पनि जानकारी दिएका छन् ।