समाचार

आज विजया दशमी: टीका थाप्ने उत्तम समय बिहान १० बजेर २ मिनेटमा

काठमाडौँ । नेपालीहरुको महान पर्व बडा दशैंको बिजया दशमी, आज टिका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टिकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्ने मान्यता छ  ।आजको...

जापानका प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभा विघटन

जापानका प्रधानमन्त्रीले आगामी आम निर्वाचनका लागि संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । त्यहाँका अधिकारीहरूले बिहीबार बसेको संसद्को बैठकलगत्तै संसद् विघटन भएको बताएका हुन् । त्यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर...

राष्ट्रपति भण्डारीद्वारा नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन

काठमाडौँ । साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकोमा नेपाली फुटबल टोलीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत बधाई दिएकी हुन् । राष्ट्रपति...

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

सल्लान। सल्लानमा मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर १० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । दशैंको मासुको विषयमा घरमा बाबुछोराबीच विवाद भएपछि...

मुगुमा भएको बस दुर्घटनाबारे छानबिन गर्न प्रहरीद्वारा समिति गठन

काठमाडौँ । मुगुमा गएको मंगलबार भएको बस दुर्घटनाबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । बस दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको सो कार्यालयले जनाएको...

नवरात्रको अन्तिम दिन आज महानवमी, मठ मन्दिरमा भक्तजनको भीड

हेटौंडा । आज महानवमी पर्व, नवदूर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी नवमीमा दूर्गाको पूजालगायतका कार्य गरी घटस्थापनाको दिन राखिएको जमरा विभिन्न मठमन्दिरमा लगी चढाउने प्रचलन छ । आजको दिन नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा...

साफ फुटबलमा बंगलादेशलाई हराएपछि नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशसँगको बराबरी खेल खेलेका कारण नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ । बुधबार भएको बंगलादेश र नेपालबीचको खेल १÷१ को बराबरीमा सकिएपछि नेपालले फइनलमा प्रवेश गरेको हो । चार खेलपछि नेपालले ७ अङ्क जोडेसँगै तालिकाको शीर्ष स्थान पनि बनाएको छ । बंगलादेशका खेलाडी सुमोन रोजाले खेलको ९...

हेटौंडामा धान काट्ने थ्रेसर पल्टिँदा एक पुरुषको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित मास्टर चोकमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको धान काट्ने थ्रेसर पल्टिएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । प्र ०२–०३–००१ त ००३ नम्वरको धान काट्ने थ्रेसर अनियन्तित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको थियो...

मुगुको बस दुर्घटनाः मृत्यु हुनेको संख्या ३२ पुग्यो, प्रधानमन्त्री स्तब्ध

मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । घटनास्थलमा २४ जनाको, उद्धारका क्रममा ताल्चा विमानस्थल पुर्याउँदै गर्दा ४ जनाको र थप उपचारका लागि नेपालगञ्ज पुर्याएपछि ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस...

आज महाअष्टमीः पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिँदै

काठमाडौँ । आज महाअष्टमी पर्व नेपालीले बडादशैंका रुपमा दुर्गा भवनाीको विशेष पूजा आराधना गरेर भव्य रुपमा मनाउँदै छन् । आश्विन शुल्क अष्टमीको दिनमा मनाइने महाअष्टमी पर्व बडादशैंको आठौँ दिनमा पर्दछ । यस दिनमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन...