साफ फुटबलमा बंगलादेशलाई हराएपछि नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशसँगको बराबरी खेल खेलेका कारण नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ । बुधबार भएको बंगलादेश र नेपालबीचको खेल १÷१ को बराबरीमा सकिएपछि नेपालले फइनलमा प्रवेश गरेको हो । चार खेलपछि नेपालले ७ अङ्क जोडेसँगै तालिकाको शीर्ष स्थान पनि बनाएको छ ।
बंगलादेशका खेलाडी सुमोन रोजाले खेलको ९ औँ मिनेटमा गोल गरेपछि नेपाल पछि परेको थियो तर पेनाल्टीको अवसर पाएको नेपालले त्यसलाई गोलमा परिणत गर्दा खेल बराबरीमा रोक्न नेपाल सफल भएको हो । बराबरी गोलका लागि नेपालले ८८ औँ मिनेटमा पेनाल्टीको अवसर पाएको हो । नेपाली खेलाडी अन्जन बिष्टले सो अवसरलाई गोलमा परिणत गरेका थिए । बंगलादेश भने ५ अङ्क बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।अब अर्को खेल भारत र माल्दिभ्सबीच हुनेछ । भारतको ५ अङ्क र मालदिभ्सको ६ अङ्क रहेको छ । खेल जित्न माल्दिभ्सले बराबरी खेले पुग्नेछ भने भारतले खेल जित्नै पर्ने अवस्था रहेको छ । मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई दबाबमा राखेको थियो । यद्यपी नेपालले खेलको नवौ मिनेटमा गोल खानु परेको थियो । सन् १९९३ मा सुरु भएको साफ च्याम्पियनसीप फुटबलमा नेपाल यसअघि कहिल्यै पनि फाइनलमा पुग्न सकेको थिएन । नेपालले २०१८ मा सेमी फाइनलसम्मको मात्र यात्रा तय गरेको थियो ।