समाचार
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सार्वजनिक बिदा दिएको कारण आज आइतबारपनि त्यहाँका सरकारी कार्यालय बन्द रहेको छ । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन...
यात्रुसँग बढी भाडा असुल्ने ५ वटा सुमो प्रहरीको नियन्त्रणमा
मकवानपुर । चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा रकम असुल्ने ५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोकिएको भन्दा बढी भाडा लिइरहेको फेला परेपछि ५ वटा सुमोलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन्...
नेकपा एकीकृत समाजवादीको ३३५ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको जनाइएको छ । एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत...
बानियाँद्वारा मानव सेवा आश्रमलाई एक लाख रूपैयाँ सहयोग
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । बानियाँले आफ्नो सेवासुविधाबापत प्राप्त रकममध्येबाट एक लाख रूपैयाँ मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् । उनले सहयोग रकम आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हेटौंडा आश्रममा पुगेर...
आजको मौसम पूर्वानुमानः देशैभर बर्षाको संभावना
काठमाडौँ । काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले सामान्य वर्षा भइरहेको छ । उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ । केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा...
आज अन्तरराष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
मकवानपुर । आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइँदै छ । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ । गरिबीको व्याख्या गर्दा...
मेलम्ची- इन्द्रावती सडक अवरूद्ध
काठमाडौँ । गए राति परेको पानीले मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो। मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए ।...
टी–२० विश्वकप आजदेखि सुरु हुँदै
काठमाडौँ । सातौँ आईसीसी टी–२० विश्वकप आजदेखि सुरु हुने भएको छ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुने जनाइएको छ । समूह बी अन्तरगत ओमान र पपुआ न्यू गिनी तथा बंगलादेश र स्कटल्याण्डबीच खेल हुनेछन् । क्वालिफायर राउन्डमा ८ टोलीलाई दुई समूहमा विभाजित गरिएका छन् । दुवै समूहका...
आज विजया दशमीको तेस्रो दिनः सरकारी कार्यालय खुल्ने
मकवानपुर । आज विजया दशमीको तेस्रो दिन पनि आफन्तजन वा मान्यजनबाट टिका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीको दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ । पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन...
एनआरएनएको कार्यकाल ६ महिना थप
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानकारी दिएका छन् । कुमार पन्तको अध्यक्षतामा बसेको भर्च्युअल बैठकले संघको १०...








