समाचार
गुडिरहेको बसबाट खसेर मकवानपुरका गोले गम्भीर घाइते
मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा आज (सोमबार) दिउँसो गुडिरहेको बसबाट खसेर एक जना गम्भीर घाइते भएका छन् । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मोहरेस्थित ठिंगनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख १०७४ नम्बरको बसबाट खसेर एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते...
सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो
काठमाडौँ । सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ । दशैं बिदापछि सुन चाँदी बजार सोमबारबाट खुलेको हो । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि सोमबारबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । दशैं बिदापछि खुलेको बजारमा सुन...
बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बढ्यो
काठमाडौँ । बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारी साधनको बढाइएको भाडादर कायम गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजैबाट लागू हुनेगरी नयाँ भाडादर तोकेको हो । काठमाडौँ उपत्यकामा ५ किलोमिटर दूरीसम्मको यात्रा गर्दा सार्वजनिक सवारीमा १८ रुपैंया भाडा तोकिएको छ । त्यसैगरी १० किलोमिटरसम्म यात्रा गर्दा २३ रुपैयाँ,...
श्रीमतीको कुटपिटका कारण श्रीमानको ज्यान गयो
तेह्रथुम । तेह्रथुममा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । छथर गाउँपालिका वडा नं – ३ ज्यामिरेका ५४ वर्षीय गोबिन्द बहादुर लिम्बुको उनकै श्रीमती ५२ वर्षीया भक्त कुमारी लिम्बुको कुटपिटबाट मृत्यु भएको हो । आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको हो । उनीहरुबीच आफ्नै...
संरक्षण अभावका कारण नेपालकै पहिलो रेलवे खण्डहर बन्दै (फोटो फिचर)
बारा । तत्कालीन श्री ३ चन्द्र शमशेर जबराको पालामा विक्रम संवम् १९८३ मा बारा जिल्लाको अमलेखगञ्जदेखि भारतको रक्सौलसम्म संचालन हुने गरी सुरु भएको नेपालकै पहिलो रेल सेवा अहिले खण्डहर बनेको छ । रेलवे सेवाको लागि स्थापना गरिएको टिकट घर जिर्ण अवस्थामा पुगेको छ भने रेलवेको जग्गामा निजी घरहरु बनेका...
राष्ट्र बैंकले ११ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन...
भारतको जम्मु–कश्मीरमा एक सातादेखि भुठभेड जारी, २२ जनाले गुमाए ज्यान
काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९ जना भारतीय सेना र १३ जना आतंकवादी समूहका रहेका छन् । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो ।...
बोक्सीको आरोपमा देवरले भाउजुको हत्या गरेको प्रहरी दावी
महोत्तरी । बोक्सीको आरोपमा एक महिलाको हत्या गरिएको छ । अर्की एक महिलालाई मलमुत्र खुवाएर दूव्र्यवहार गरिएको खुलासा भएको हो । महोत्तरी को साम्सी गाउँपालिका वडा नं – ३ मडई बस्ने सञ्जय झाले २७ असोजमा भाउजु शिलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ । शिलादेवी, देवर सञ्जय र देवरानी रिंकुसँगै...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । मौसम विभागका अनुसार, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ...
गृहमन्त्री खाँडद्वारा विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनको पहल
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनको पहल सुरु गरेका छन् । अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार गृहमन्त्री बालकृष्ण खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव...










