समाचार

बागमती प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्न अनुदान दिने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा प्रयोगशाला स्थापना गर्नको लागि सामुदायिक विद्यालयलाई अनुदान रकम दिने भएको छ । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले सूचना प्रविधि प्रयोगशाला स्थापना गर्नका लागि १२ देखि १५ लाख रुपैयाँ सम्म अनुदान दिने भएको हो । शिक्षा विकास निर्देशनालयले ‘सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र...

भन्सार कार्यालय रसुवाद्वारा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजश्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थक बर्ष २०७८/७९ को असोज महिनामा लक्ष्यभन्दा ५९.१७ प्रतिशत बढी राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले असोजमा ५९ करोड १६ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले...

मुसीकोटमा विपन्न परिवारलाई बस्ती निर्माण गरी स्थानात्नरण गरिँदै

गुल्मी । मुसीकोट नगरपालिकाले विपन्न परिवारको लागि बस्ती निर्माण गरेपछि स्थानान्तरण प्रक्रिया अगाडि बढाएको छ । मुसिकोट नगरपालिका–५ आँपचौरका १२ घर विपन्न दलित परिवारको पहिलो चरणमा घर निर्माण र स्थानान्तरण थालिएको हो । यसका लागि नगरपालिकाले छैटौँ नगरसभाले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुर्नस्थापना विद्येयक पारित गरेको थियो । बस्ती...

साफ उपविजेता नेपाली टोली स्वदेश फर्कियो

काठमाडौँ । साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोली आज स्वदेश फिर्ता भएको छ । नेपालको लागि २८ बर्षे इतिहासमा यो उपाधी सबैभन्दा ठुलो हो । सोमबार बिहान मुख्य प्रशिक्षक अब्दुल्ला अम्मुताइरी र डिफेन्डर रोहित चन्दविनासहितको टोली ३७ दिनपछि नेपाल फर्किएको हो । अल्मुताइरीको नेतृत्वमा रहेको नेपालको टोली माल्दिप्समा...

हात्ती धपाउन प्रवाह गरिएको करेन्ट लागेर राईको ज्यान गयो

झापा । झापाको भद्रपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । हात्ती धपाउन प्रवाह गरिएको करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान ८ बजे भद्रपुर १० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राईले हात्ती धपाउन करेन्ट प्रवाह गरिएको तारमा अचानक छोइँदा उनको मृत्यु भएको हो...

मकवानपुरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडाका

मकवानपुर । मकवानपुरमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २ जना महिला र ११ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन्...

कार्तिक पहिलो साताभित्रै नेकपा एमालेको स्थानीय तहको अधिवेशन हुने

काठमाडौं । नेकपा एमालेले कार्तिकको पहिलो साता देशैभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ । आगामी मंसिर १० गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेले स्थानीय अधिवेशनको तयारी तीब्र पारेको हो । एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित...

माओवादीले सरकार संचालन गर्नको लागि छुट्टै कमिटी बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार संचालन गर्नको लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । सोमबार स्थायी कमिटी बैठकले सो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए । उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ । उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका...

मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । उनको गएराति मृत्यु भएको हो । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी...

सिन्धुपाल्चोकमा गयो लगातार दुई पटक भूकम्प

काठमाडौं । बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा सोमबार दिउँसो दुई पटक भूकम्प गएको छ । जिल्लाको पाङफुङ केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार, १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो...