मकवानपुरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडाका

तु खबर संवाददाता
२०७८ कार्तिक १,सोमबार १६:०६

मकवानपुर । मकवानपुरमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २ जना महिला र ११ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का दुई जना पुरुष, हेटौंडा–४ का एक जना पुरुष, हेटौंडा–७ का एक जना पुरुष, हेटौंडा–८ का एक जना पुरुष र एक जना महिला, हेटौंडा–११ का एक जना पुरुष, हेटौंडा–१२ का एक महिला र एक जना पुरुष रहेका छन् ।

यसैगरी, संक्रमण पुष्टि हुनेहरुमा मकवानपुरगढी गाउँपालिकाका एक जना पुरुष, मनहरी गाउँपालिकाका एक जना पुरुष, भीमफेदी गाउँपालिकाका एक जना पुरुष र बकैया गाउँपालिकाका एक जना पुरुष रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईले जानकारी दिए । उनका अनुसार, पछिल्लो २४ घण्टामा ५४ जनाको कोरोना परीक्षण गरिएको थियो । हेटौंडा उपमहानगरपालिका बाहेकका पालिकाले गरिएको एन्टीजेन परीक्षणको समावेश नभएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए ।