माओवादीले सरकार संचालन गर्नको लागि छुट्टै कमिटी बनाउने

तु खबर संवाददाता
२०७८ कार्तिक १,सोमबार १५:४५
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार संचालन गर्नको लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । सोमबार स्थायी कमिटी बैठकले सो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए । उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ ।

उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका साथै जनपक्षीय काम गर्न प्रोत्साहन गर्नेछ । गठबन्धन सरकारमा माओवादी केन्द्रका तर्फबाट ६ जना मन्त्री बनेका छन् । सोमबारको स्थायी कमिटी बैठकमा आगामी पुसमा तय भएको राष्ट्रिय सम्मेलन, पार्टी एकताको सुदृढीकरण र गुट उपगुटको अन्त्य गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।