मलेसियामा एक नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक १, सोमबार १५:३३
सांकेतिक तस्वीर

मलेसिया । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । उनको गएराति मृत्यु भएको हो ।

रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको जनाइएको छ । मृतक जोशी विगत ५ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । मृतक जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।