राष्ट्र बैंकले ११ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्ने

तु खबर संवाददाता
२०७८ कार्तिक १,सोमबार १०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागिएको हो ।

बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाइएको छ । बैंकले आगामी माघ ४ गते ट्रेजरी बिल बिक्री गर्नेछ । यसअघि बैंकले गत असोज २५ गते रु १३ अर्ब २५ करोड बराबरको ट्रेजरी जारी गरेको थियो ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुल्ला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।