आजको मौसम पूर्वानुमानः देशैभर बर्षाको संभावना

तु खबर संवाददाता
२०७८ आश्विन ३१, आईतवार ०८:४३
फाइल फोटो

काठमाडौँ । काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले सामान्य वर्षा भइरहेको छ । उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ । केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारतको उडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण केही दिन देशभर नै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य वदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।