समाचार
भारत बन्यो साफ च्याम्पियन, नेपाल उपविजेतामा सिमित
काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको छ । यससंगै भारतले साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ भने नेपाल उपविजेतामा सिमित रहेको छ । माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमा नै भारतले...
मकवानपुरमा सवारी दुर्घटना: २ पुरुषको मृत्यु, ८ जना घाइते
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ स्थित लामबगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । मृतक दुवैजना पुरुष भएको र उनीहरुको थप पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारको लागि काठमाडौंस्थित पाटन...
बंगलादेशमा हिन्दुमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने सरकारको निर्णय
काठमाडौँ । बंगलादेशमा हिन्दु मन्दिरमा दुर्गा पूजाको क्रममा भएको आक्रमणको दोषीलाई कडा कारबाही गर्ने सरकारको निर्णय गरेको छ । मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दुको आस्थामाथि भएका हमलामा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । सरकारले सबै देशवासी...
पछिल्लो २४ घण्टामा १४७ संक्रमित थपिए, ८४५ कोरोनामुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । १ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३६ जना र ३ सय २७ एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १ सय ४७ जनामा कोरोना...
साफ च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र भारत भिड्दै
काठमाडौँ । माल्दिभ्समा भइरहेको १३ औँ संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे फाइनल गेम हुनेछ । नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघिको...
अफगानिस्तानको मस्जिदमा भएको बिस्फोटमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो
काबुल । अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएको बिस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् । शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् । घाइतेहरुको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझै बढ्ने...
बसले मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरका २ युवकको मृत्यु
मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकमा शुक्रबार राति यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकलमा सवारमा हेटौंडा–१५ बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय...
सखिया नाचको रौनकता हराउँदै
मकवानपुर । प्रविधिको प्रयोगमा रुची बढेसंगै दशैंमा परम्परागत लिङ्गे पिङ्, दशैंमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यलगायतको रौनकता कञ्चनपुरमा हराउँदै गएको छ । कञ्चनपुरमा कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दशैंसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको हो । कोरोना महामारीका...
बडा दशैंले नेपालीको मुहारमा खुसी ल्याउने प्रधानमन्त्री देउवाको विश्वास
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीको उपलक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । उनले विजया दशमीले राष्ट्रिय एकताको भावनालाई अझ विकास गर्न सकोस् भनी कामना समेत गरेका छन् । बडादशैं...
गुल्मीमा जिप दुर्घटना ३ जनाको मृत्यु
काठमाडौँ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ४४९० नम्वरको जिप गएराति रेसुङ्गा नगरपालिका वडा नम्वर १० स्थित पाँचतारेमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्वर २ जलजलेका ७०...









