पछिल्लो २४ घण्टामा १४७ संक्रमित थपिए, ८४५ कोरोनामुक्त

तु खबर संवाददाता
२०७८ आश्विन ३०,शनिबार १८:०३
file-photo

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । १ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३६ जना र ३ सय २७ एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयको तथ्याङ्क छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८ सय ४५ जना निको भएका छन् । शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार ६ सय ५२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २ सय ७८ पुगेको छ भने ७ लाख ८० हजार ७ सय ७६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५ सय ९८ जना रहेका छन् । जसमध्ये ११ हजार ५ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जना कोरोना संक्रमित थपिएका छन् ।