नेकपा एकीकृत समाजवादीको ३३५ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता

तु खबर संवाददाता
२०७८ आश्विन ३१, आईतवार १५:२७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको जनाइएको छ । एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ ।

साथै विदेश विभाग प्रमुखको जिम्मेवारीसमेत दिइएको हो । त्यसैगरी मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता रहेका छन् । न्यौपानेलाई उद्योग वाणिज्य विभागको प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । सो दलले ४२ सदस्यीय स्थायी कमिटी बनाएको छ भने ९४ सदस्यीय पोलिटब्यूरो छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab