सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

तु खबर संवाददाता
२०७८ आश्विन ३१,आईतवार १६:१८

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सार्वजनिक बिदा दिएको कारण आज आइतबारपनि त्यहाँका सरकारी कार्यालय बन्द रहेको छ । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो । दसैँका लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो । बैठकले सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकिएको जनाइएको छ । अन्य प्रदेशहरुमा भने आजबाट सरकारी कार्यालय खुलिसकेका छन् ।