हेटौंडामा धान काट्ने थ्रेसर पल्टिँदा एक पुरुषको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन २७,बुधबार २०:२२
File Photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित मास्टर चोकमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको धान काट्ने थ्रेसर पल्टिएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । प्र ०२–०३–००१ त ००३ नम्वरको धान काट्ने थ्रेसर अनियन्तित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको थियो ।सो थ्रेसरमा सवार एक व्यक्तिको मृत्यु भएको भएपनि उनको हालसम्म पहिनान खुल्न सकेको छैन ।

मृतक वीरगंज निवासी भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । मृतकको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घाइतेहरुको अवस्था र उनीहरु कहाँ छन् भन्ने विषयमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।