राक्सिराङको बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

तु खबर संवाददाता
२०७८ आश्विन २५,सोमबार ०८:२५

मकवानपुर । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मकवानपुरको राक्सिराङमा गत साउन महिनामा गएको बाडीपहिरोबाट पीडित १० घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । घेदुङ दक्षिण कोरियाको महासचिव शुभराज भोम्जनको नेतृत्वमा केन्दिय समिति र घेदुङको क्षेत्रीय समिति ख्यङ्साङ बुसानबाट राक्सिराङका १० जना बाढीपहिरो पीडितलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग पठाएको हो ।

राक्सिराङ गाउँपालिका र नेपाल तामाङ घेदुङ, बागमती प्रदेश समितिको समन्वयमा पीडित परिवारलाई जनही ५ हजारका दरले र मानबिय क्षति भएको दुर्इ परिवारलाई १० हजारका दरले आर्थिक रकम हस्तान्तरण गरिएको थियो । पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफ्नो परिश्रमबाट आएको रकम जुटाएर पठाएको कोरियाका घेदुङ कमिटीलाई धन्यबाद व्यक्त गरे । सहयोग कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिला कुमार घलान, स्थानीय जनप्रतिनिधिसहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।