समाचार
थप ४९६१ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १५ हजार १३१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यससँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ...
बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दो
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो १० दिनमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दर १२ गुणाले बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, गत पुस २० गतेदेखि ३० गतेसम्म संक्रमणको दर १२ गुणाले बढेको हो । प्रदेशमा गत पुस २० गते कोरोना संक्रमितको संख्या २५३ जना थियो भने पुस ३० गतेसम्म...
बसको ठक्करबाट एक किशोरको मृत्यु
काठमाडौं । काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा गएराति बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगर...
आज नेप्से परिसूचक ६९ अंकले वृद्धि
काठमाडौं । आज साताको पहिलो दिन आइतरबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६ दशालव ७४ को विन्दुरमा कायम भएको छ । आज २२९ वटा कम्पनीको १ करोड ८० लाख ४५ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५५ करोड...
प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सूचना जारी गर्दै यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित गरेको जानकारी गराएको हो । उनले कोभिड संक्रमणका कारण...
धादिङको पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव फेला
धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्तीङमा गत बिहिबार गएको पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनामध्ये राजु तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार, उक्त स्थानमा बाटो खन्दा डोजरसँगै पुरिएका ३ जनामध्ये...
पोखराका लागि उडेको विमानमा समस्या आएपछि पुनः काठमाडौं फर्कियो
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि फेरी काठमाडौंमै फर्किएको छ । आज (आइतबार) बिहान १० बजे पोखराको लागि उडेको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि फेरी काठमाडौंमा नै फर्किएका त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंका अनुसार,...
आज नेपाली बजारमा सुनको भाउ घट्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । भाउ बढेसँगै आज नेपाली बजारमा सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला ९२ हजार...
इन्जिनियर्स एसोसिएशनको निर्वाचन अनिश्चितकालको लागि स्थगित
काठमाडौं । इन्जिनियर्स एसोसिएशनको निर्वाचन स्थगित भएको छ । कोभिड–१९ को संक्रमण बढेपछि यही माघ ७ गते हुने भनिएको निर्वाचन कार्यक्रम अनिश्चितकालको लागि स्थगित भएको इन्जिनियर्स एसोसिएशनका निर्वाचन समिति संयोजक घनश्याम भट्टराईले जानकारी दिए । एशोसिएशनको ३३ औँ कार्यकारिणी समिति, सातै प्रदेशको दोस्रो कार्यकारिणी समितिका लागि निर्वाचन गर्ने तयारी...
राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा बागमती प्रदेश प्रमुख शर्माको सन्देश
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देश जारी गर्दै भूकम्पीय जोखिमबाट बच्नका लागि सुरक्षित संरचनाहरु निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । आफ्नो सन्देशमा प्रमुख शर्माले वि।सं. १९९० माघ २ गते भूकम्पको त्रासद सम्झनामा...










