समाचार

मकवानपुरमा सवारी दुर्घटना: रेग्मीको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडकमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको हो । आइतबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना २...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । यही माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । उनले माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित...

राक्सिराङ गाउँपालिकाले डिजिटल प्रणाली लागु गर्ने

मकवानपुर । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाले डिजिटल प्रणाली लागु गर्ने भएको छ । गाउँपालिकाले पालिका र वडाहरुबाट प्रदान गर्ने सेवाहरुलाई डिजिटल बनाउने योजना बनाएको जनाएको छ । पालिकाको सेवाहरु नागरिकले घरबाटै लिन सकिने व्यवस्था बनाउने उद्देश्यका साथ सो पूर्वाधार निर्माणको कामलाई तीब्रता दिइको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले...

हाइटीका राष्ट्रपतिको हत्या आरोपमा पूर्व सांसद पक्राउ

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्याको मुख्य आरोपी रहेका पूर्व सांसदलाई जमैकाका अधिकारीहरूले पक्राउ गरेको छ । जोन जोयल जोसेफलाई जमाइकाको कन्साबुलेरी फोर्सले शुक्रबार पक्राउ गरेको हो । मोइसको गत ७ जुलाईमा हाइटी राजधानी पोर्ट एउ प्रिन्सस्थित निवासमा हतियारधारीहरूले हत्या गरेका थिए । लगत्तै राष्ट्रिय प्रहरीका प्रमुख लियोन चार्ल्सले जोसेफले...

नेपाली टोली सहायता सामग्री लिएर अफगानिस्तान प्रस्थान

काठमाडौँ । नेपालले अफगानिस्तानलाई करिब १४ टन सहायता सामग्री उपलब्ध गराउने भएको जनाइएको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली आज बिहान सहायता सामग्री सहित काबुल प्रस्थान गरेको हो । काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको...

द भ्वाइस किड्सको उपाधि मकवानपुरका उप्रेतीलाई

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ निवासी जेनिश उप्रेतीले बाल गायन रियालिटी शो द भ्वाइस किड्सको उपाधि हात पारेका छन् । शनिबार राति उप्रेतीले ग्रान्ड फिनालेमा बाँकी ७ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । टीम प्रमोदका उप्रेतीले टाइटल जितेसँगै नगद १५ लाख रुपैयाँ हात पारे ।...

आजबाट बुस्टर डोज खोप दिइने

काठमाडौँ । आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप संचालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो । सोही अनुसार...

कृषकको पीडा कम गर्न डटेर लाग्नेछुः मन्त्री हुमागाईँ

बागमती प्रदेशका कृषि तथा पशुपन्छिमन्त्री बसुन्धरा हुमागाईँले कृषि क्षेत्रको रुपान्तरणको लागि पहल गर्ने बताएका छन् । गएको मंसिर २८ गते मन्त्री नियुक्त भएका हुमागाईँले कृषि क्षेत्रको रुपान्तरणको लागि आफ्ना योजना समावेश गरेर ५१ बुँदे मार्ग चित्रसमेत सार्वजनिक गरिसकेका छन् । कृषि पेशामा आवद्ध भएदेखिको अनुभव बटुल्दै मन्त्री बनेका हुमागाईँ...

संस्कृति र मौलिकताको संरक्षणमा राज्यको सहयोगी भूमिका आवश्यकः एकनाथ ढकाल

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले माघे संक्रान्ति (मकर संक्रान्ति) तथा माघी पर्वको अवसरमा देश तथा विदेशमा रहेका समस्त नेपालीहरुलाई शुख, शान्ति, संमृद्धि तथा राष्ट्रिय मेलमिलापको शुभकामना दिएका छन् । उनले विभिन्न जातजातिको मौलिक चाडपर्व, रीतिरिवाज, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकासका लागि राज्यको...

संस्कृति र मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा हुन्छः बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति, संसदीय दलको नेता एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले माघे संक्रान्ति (मकर संक्रान्ति) तथा माघी पर्वको अवसरमा समस्त नेपालीहरुलाई शुभकामना दिएका छन् । बानियाँले तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको बताउँदै...