राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

तु खबर संवाददाता
२०७८ माघ २, आईतवार १२:५७
file-photo

काठमाडौं । यही माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।

उनले माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् ।