संस्कृति र मौलिकताको संरक्षणमा राज्यको सहयोगी भूमिका आवश्यकः एकनाथ ढकाल
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले माघे संक्रान्ति (मकर संक्रान्ति) तथा माघी पर्वको अवसरमा देश तथा विदेशमा रहेका समस्त नेपालीहरुलाई शुख, शान्ति, संमृद्धि तथा राष्ट्रिय मेलमिलापको शुभकामना दिएका छन् । उनले विभिन्न जातजातिको मौलिक चाडपर्व, रीतिरिवाज, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकासका लागि राज्यको तर्फबाट सहयोगी भूमिका हुनुपर्ने उल्लेख गरे । उनले यस्ता महान तथा मौलिकता बोकेको पर्वको अवसरमा वर्तमान राजनैतिक गतिरोधले सही निकास पाओस् भन्दै कामनासमेत गरे ।
अध्यक्ष ढकालले यस पर्वले तराई, पहाड र हिमालसम्मका सबै नेपालीबीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउँदै पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सदृढ बनाउन मौलिक चाडपर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
नेपालका आदिवासी जनजातिमध्ये मगर, थारु, मैथली, नेवार र किराँत सम्प्रदायले आ–आफ्नै तरिकाले माघे संक्रान्ति पर्व मनाउँछन् । साथै नेपालका खसआर्य सम्प्रदायले पनि माघे संक्रान्ति मनाउँछन् । थारुले माघे संक्रान्तिलाई माघी पर्वको रुपमा मनाउँछन् । मगरहरुले ‘माघे संक्रान्ति’ भनेर मनाउँछन् ।
