समाचार

२ नम्वर प्रदेशको स्थायी राजधानी जनकपुर कायम

जनकपुर । २ नम्वर प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेशसभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै...

२ नम्वर प्रदेशको नामाकरण र राजधानीका लागि आज मतदान हुँदै

काठमाडौँ । प्रदेश नम्वर २ को स्थायी राजधानी तोक्ने र नामाकरण तय गर्ने विषयमा आज मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन आज मतदान हुन लागेको हो । राजनीतिक दल र सांसदहरुको...

काठमाडौँमा आजबाट बुस्टर डोज लगाउन सुरु

काठमाडौँ । काठमाडौँमा आजबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भएपनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध...

गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

सर्लाही । सर्लाहीको.गोडैता नगरपालिका वडा नम्वर ४ रोहवामा गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका वडा नम्वर ७ धमौरा घर...

आजबाट स्वस्थानी व्रत एवम् माघस्नान सुरु

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र...

नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा...

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दर्ता भएको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरेका छन् । सहायक...

मकवानपुरमा कोरोना संक्रमणको दर उच्च, थप एकको मृत्यु

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडामा अस्पतालमा उपचारतरत एक जनाको मृत्यु भएको हो । संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ६७ वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको...

सपिङ मलमा २५ जनालाई मात्रै प्रवेश गर्न दिइने

काठमाडौं । सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु सशर्त संचालन गर्न दिइने भएको छ । सरकारले सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिइने निर्णय गरेको हो । सरकारद्वारा जारी आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न...

पार्टीको नेतृत्वमा एक व्यक्ति एक कार्यकालको व्यवस्था लागु गर्नुपर्छः पाण्डे

मकवानपुर । नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले पार्टीको नेतृत्वमा एक व्यक्ति एक कार्यकाल मात्र रहने व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । हेटौंडामा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै सह–महामन्त्री पाण्डेले एक व्यक्तिले मात्र पार्टीको नेतृत्व गर्दा नयाँ पुस्ताहरु राजनीतिबाट पलायन हुने अवस्था सृजना हुने भएकोले कुनै पनि पदमा...