गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ ३,सोमबार ०८:४३
File Photo

सर्लाही । सर्लाहीको.गोडैता नगरपालिका वडा नम्वर ४ रोहवामा गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका वडा नम्वर ७ धमौरा घर भई, हाल गोडैता नगरपालिका बस्ने १८ वर्षीय आशिर मन्सुर रहेका छन् ।

ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेको प्रहरीले जनाएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागि राखिएको छ । पोष्टमार्टम पश्चात मृतकको परिवारलाई शव जिम्मा लगाइने प्रहरीले जनाएको छ ।