समाचार
मकवानपुरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै
मकवानपुर । कोरोना भाइसरविरुद्धको खोप अभियान अन्तरगत मकवानपुरमा बुस्टर डोज लगाउन सुरु गरिएको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मीलगायतलाई बुस्टर डोज लगाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । कोरोनाविरुद्ध पूरा मात्रामा खोप लगाएको ६ महिना अवधि भइसकेकाहरुले मात्रै बुस्टर डोज...
गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन
कास्की । गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा संचालन हुने सार्वजनिक सवारीमा भाडा सिफारिस समितिको प्रतिवेदनका आधारमा भाडा बढाएको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए । लामो समयदेखि पेट्रोलियम पदार्थ र सवारीका...
हेटौंडामा हुने शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित
मकवानपुर । मकवानपुरको हेटौंडामा हुने भनिएको शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित भएको छ । यही माघ १६ गतेदेखि २६ गतेसम्म हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएकोले स्थागित गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । संघका महासचिव युनाल मल्लले एक विज्ञप्ति जारी गर्दै...
अफगानिस्तानमा भूकम्पबाट २६ जनाको ज्यान गयो
काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको ज्यान गएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको ज्यान गएको समाचार एजेन्सी एएफपीले जनाएको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो...
प्रहरीमा १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हटाइयो
काठमाडौँ । प्रहरीमा १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हटेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर बाह्र बर्ष भन्ने शब्दको सट्टा ‘आठ वर्ष’ भन्ने शब्द राख्ने निर्णय गरेको छ । सो निर्णय सोमबार राजपत्रमा प्रकाशन गरिएको छ । यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने डीएसपीसम्मका अधिकृत...
सत्ता गठबन्धनको बैठक आज बस्दै, स्थानीय तहको निर्वाचनबारे छलफल हुने
काठमाडौँ । आज सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । स्थानीय तहको निर्वाचनको विषय मूख्य एजेण्डाको रुपमा बैठकमा पेश हुने जनाइएको छ । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि...
आजको मौषमः हिमाली भू–भागमा वर्षा र हिमपातको संभावना
काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु–कुहिरो रहेको छ । दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा...
अफगानिस्तानमा भूकम्पः २६ जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तानमा ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी प्रान्तको कादिस जिल्ला केन्द्र बिन्दु भई गएको भूकम्पबाट घरको छाना खस्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको त्यहाँका संचार माध्ययमहरुले जनाएका छन् । घटनामा ४ जना घाइते...
नामाकरण र राजधानी टुंगो लागेको खुसीयाली भन्दै मधेश प्रदेशमा आज सार्वजनिक विदा
जनकपुर । मधेस प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक विदा दिएको हो । मधेस प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक विदा दिइएको बताए । सोमबार मात्रै...
मन्त्री लामाद्वारा भक्तपुर अस्पताल र आयुर्वेद केन्द्र निरीक्षण
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले भक्तपुरका दुई स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । लामाले भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण गरेका हुन् । लामाले भक्तपुर अस्पतालले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारमा गरिरहेको कामबारे निरीक्षण गरेका छन् । त्यसैगरी जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले प्रवाह गरिरहेको...










