समाचार

सर्जिकल मास्कको ५ रुपैयाँभन्दा बढि लिन नपाइने, १० रुपैयाँमा मास्क बिक्री गर्नेमाथि प्रशासनले धमाधम कारवाही गर्दै

मकवानपुर । एक रुपैयाँ हाराहारी मूल्य पर्ने स्वास्थ्य सुरक्षा सामग्री मास्कको १० रुपैयाँ असुल गर्दै उपभाक्ता ठगिएपछि मकवानपुरको स्थानीय प्रशासन तातेको छ । हिजो मंगलबार १० रुपैयाँ लिई मास्क बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर मास्कको मूल्य घटाउने अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले थप अनुगमन गरी मास्कको कालोबजारीविरुद्ध...

आश्रमलाई चार लाख बराबरको औषधी हस्तान्तरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा रहेको मानव सेवा आश्रमलाई चार लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरिएको छ । हेटौंडा–९ को वडा कार्यालयले आश्रमलाई औषधी हस्तान्त्रण गरेको हो । उक्त औषधी वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई औषधी हस्तान्तरण गरेका हुन् । आश्रमका अध्यक्ष अधिकारीले...

कांग्रेस महामन्त्री शर्मालाई कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले बुधबार दिउँसो आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले ८ महिनापछि फेरि स–परिवार कोरोना संक्रमित भएको सामाजिक संजालमार्फत जानकारी गराएका हुन् । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि...

लागुऔषधसहित वडाध्यक्ष पक्राउ

दाङ । बाँकेको बैजनाथ गाउँपालिका–३ का वडा अध्यक्ष रामचरण थारु पक्राउ परेका छन् । वडाध्यक्ष थारु लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनलाई अन्य तीन जनासँग बसेर लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार, उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको...

सर्वोच्च अदालत : आजदेखि अत्यावश्यक मुद्दामा मात्र सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि अत्यावश्यक मुद्दामा मात्र सुनावाइ हुने भएको छ । सर्वोच्चको मंगलबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढदै गएका कारण आजदेखि सेवा कटौती गर्ने निर्णय थियो । बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका...

दुर्घटनामा परेर एक भारतीय नागरिकको मृत्यु

दमक । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतीय नम्वर प्लेट बिआर३७ सी ९००८ र बिआर ३७ इ १९९४ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो मृत्यु हुनेमा भारतीय नागरिक सञ्जीव सिंह रहेको जिल्ला प्रहरी...

स्वास्थ्यमन्त्री खतिवडाद्वारा बागमती प्रदेशको तयारीबारे अन्तरक्रिया

मकवानपुर । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले कोरोना संक्रमण न्यूनीकरण, रोकथाम एवम् उपचारको सन्दर्भमा बागमती प्रदेश सरकारको तयारीबारे जानकारी लिएका छन् । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप अभियान द्रुत कार्य संचालन टोलीको नेतृत्व गर्दै हेटौंडा आइपुगेका मन्त्री खतिवडाले बागमती प्रदेशको तयारी र गरिरहेको कामबारे अन्तरक्रिया गरेका...

हेटौंडामा जीविकोपार्जन विश्लेषण सम्बन्धी अन्तरक्रिया

मकवानपुर । पुनरुत्थानशिलता तथा जीविकोपार्जन विश्लेषणसम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार हेटौंडामा भएको छ । राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा विश्व खाध्य संगठनको सहयोगमा कार्यक्रम गरिएको हो । स्वास्थ्य मापदण्डको पालना गर्दै कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष...

कालोबजारी गरेको अभियोगमा हेटौंडाका २ फार्मेसी संचालक पक्राउ

मकवानपुर । मास्कको कालोबजारी गरेको अभियोगमा प्रहरीले औषधि पसलका २ सञ्चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित अन्सारी फार्मेसी संचालक पर्साको वीरगञ्ज निवासी बर्ष ४० को साजित अन्सारी र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा रहेको सक्षम औषधि...

हेटौंडाका मेडिकल तथा फार्मेसीमा प्रशासनको अनुगमन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाइमा हेटौंडामा सञ्चालित मेडिकल, फार्मेसी र पोलिक्लिनिकहरुको मंगलबार अनुगमन गरिएको छ । अनुगमन टोलीले स्वास्थ्य सामग्री माक्स, सेनिटाइजरलगायत अन्य औषधीको मूल्य, दर्ता, नविकरण, सेवा अनुसारका दक्ष कर्मचारीबारे अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा गएको...