लागुऔषधसहित वडाध्यक्ष पक्राउ
दाङ । बाँकेको बैजनाथ गाउँपालिका–३ का वडा अध्यक्ष रामचरण थारु पक्राउ परेका छन् । वडाध्यक्ष थारु लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनलाई अन्य तीन जनासँग बसेर लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको छ । वडाध्यक्ष थारु ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । उनीसँगै सुरज थारू, सुन्दर थारू र “व थारु पपिन पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
