अफगानिस्तानमा भूकम्पः २६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार ०८:४९

काठमाडौँ । अफगानिस्तानमा ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी प्रान्तको कादिस जिल्ला केन्द्र बिन्दु भई गएको भूकम्पबाट घरको छाना खस्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको त्यहाँका संचार माध्ययमहरुले जनाएका छन् । घटनामा ४ जना घाइते भएका छन् ।

भूकम्पका कारण ७ सय बढी घर भत्केका छन् भने सयौं प्रभावित भएका छन् । भारी बर्षाका बीच भुकम्प गएकोले उद्धार कार्यमा कठिनाई भएको छ । अफगानिस्तामा भोकमरी समस्याले बिकराल रुप लिइरहेको बेला भुकम्प जाँदा त्यहाँका जनता थप मारमा परेका हुन् ।