नामाकरण र राजधानी टुंगो लागेको खुसीयाली भन्दै मधेश प्रदेशमा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार ०८:४४

जनकपुर । मधेस प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक विदा दिएको हो । मधेस प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक विदा दिइएको बताए ।

सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम टुंगो लागेको हो । मधेस नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए । हिजो प्रदेशसभाबाट २ नम्वर प्रदेशलाई मधेश प्रदेश नामाकरण गरिनुको साथै साजधानी जनकपुरधाम कायम गरिएको हो ।