सत्ता गठबन्धनको बैठक आज बस्दै, स्थानीय तहको निर्वाचनबारे छलफल हुने

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार ०९:०२
file-photo

काठमाडौँ । आज सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । स्थानीय तहको निर्वाचनको विषय मूख्य एजेण्डाको रुपमा बैठकमा पेश हुने जनाइएको छ । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको भन्दै आरोप लगाएको छ ।

सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको थियो ।