समाचार
युवा संघको आर्थिक विभाग प्रमुखमा मकवानपुरका चौलागाईँ
मकवानपुर । युवा संघको ९ औं महाधिवेशन आयोजक कमिटीको आर्थिक विभाग प्रमुखमा मकवानपुरका सन्तोष चौलागाईं चयन भएका छन् । फागुन ११ गते नेपालगञ्जमा हुने नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पोखरामा भएको सचिवालय बैठकले एमाले केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठनहुँदा...
बर्जरमा कार्यरत् सुरक्षाका कर्मचारी आन्दोलित
मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित बहुराष्ट्रिय कम्पनी बर्जरमा कार्यरत् सुरक्षा गार्ड आन्दोलित भएका छन् । हाल कार्यरत् विश्वरुप सेक्युरिटी सर्भिस प्रालिबाट बर्जर कम्पनी मातहतमा नियुक्त गर्नुपर्ने र सेवा सुविधा वृद्धि गर्नुपर्ने दुईबुँदे माग राख्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले कम्पनीको गेट बाहिर आफ्नो मागसहितको व्यानर टाँगेर आन्दोलन...
कोरोना संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा १६ बुँदे आदेश जारी
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुनै पनि भेला, जुलुस, आमसभा जस्ता मानिसको भीडभाड हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि सभा, सम्मेलन जुलुस, आमसभालगायत भीडभाडजन्य कुनैपनि गतिविधिलाई माघ मसान्तसम्म रोक लगाउदै १६ बुँदे आदेश जारी गरेको...
चितवन कोरोनाको उच्च जोखिममा
चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि...
२ नम्वर प्रदेशको नाम ‘मधेश प्रदेश’ तोकियो
जनकपुरधाम । २ नम्वर प्रदेशको नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो । संविधानअनुसार प्रदेशको नाम र...
मध्यभोटेकोशीको शेयरमा सर्किट
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा हरियाली छाएको छ । आइतबार ६९ अकंले वृद्धि भएको नेप्से सोमबार दोहोरो अंकले बृद्धि भएको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ...
शहरी विकासमन्त्री झाँक्रीले गरिन् एक सय दिनको काम सार्वजनिक
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिको एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेकी छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन् । उनले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गरेकी छन् । कार्यक्रममा चालु आर्थिक...
नेपालमा एकैदिन थपिए ६७३४ संक्रमित, ३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना...
२ नम्वर प्रदेशको नामाकरणको लागि गोप्य मतदान शुरु
जनकपुरधाम । २ नम्वर प्रदेशको नामाकरणको लागि गोप्य मतदान शुरु भएको छ । यसअघि आजै प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरेको छ । केहीबेर स्थगित भएर अहिले प्रदेशसभाको दोस्रो बैठक बसिरहेको छ । आइतबार र सोमबारको छलफलपछि...
मकवानपुरमा पछिल्लो २४ घण्टामा थपिए १७६ संक्रमित
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार ५ सय ४६ जनाको कोरोना परीक्षण गर्दा १७६ जनामा पुष्टि भएको हो। कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पीसीआर तथा एन्टिजेन विधिबाट ५४६ जनाको कोरोना जाँच गर्दा १७६ जनामा संक्रमण...







