कोरोना संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा १६ बुँदे आदेश जारी
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुनै पनि भेला, जुलुस, आमसभा जस्ता मानिसको भीडभाड हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि सभा, सम्मेलन जुलुस, आमसभालगायत भीडभाडजन्य कुनैपनि गतिविधिलाई माघ मसान्तसम्म रोक लगाउदै १६ बुँदे आदेश जारी गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेद्वारा जारी विज्ञप्तिमा जिल्लामा कोरोनाको भेरिएन्ट ओमिक्रोन भाइरसका बिरामी बढेसँगै १६ बुँदे आदेश जारी गरिएको उल्लेख गरिएको छ। कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न पनि आम मकवानपुरवासीमा आग्रह गरिएको छ ।

