मकवानपुरमा पछिल्लो २४ घण्टामा थपिए १७६ संक्रमित

तु खबर संवाददाता
२०७८ माघ ३,सोमबार १६:४८

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार ५ सय ४६ जनाको कोरोना परीक्षण गर्दा १७६ जनामा पुष्टि भएको हो। कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पीसीआर तथा एन्टिजेन विधिबाट ५४६ जनाको कोरोना जाँच गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ४ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएपछि मकवानपुरका शैक्षिक संस्थाहरुमा पनि भौतिक उपस्थितिमा पठन पाठन बन्द गरिएको छ । सभा, सम्मेलन, गोष्ठि सेमिनारलगायत गर्दा २५ जनाभन्दा बढी भीडभाड नगर्न भनिएको छ र स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गर्न समेत आग्रह गरिएको छ ।