नेपालमा एकैदिन थपिए ६७३४ संक्रमित, ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ ३,सोमबार १७:१६

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् । मकवानपुरमा मात्रै पछिल्लो २४ घण्टाको अवधिमा १७६ जना संक्रमित थपिएका हुन् । कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गर्न सबै नागरिकलाई आग्रह गरेको छ ।