नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

तु खबर संवाददाता
२०७८ माघ २,आईतवार १८:४७

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ । बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् । कोरोना संक्रमितको संख्यामा वृद्धि भएसंगै सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गर्न आम नागरिकमा अपिल गरेको छ ।