समाचार
तनहुँमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकामा जिप पल्टिएर दुर्घटना हुँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सो दुर्घटनामा परी अन्य ८ जना घाइते भएको जनाइएको छ । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप वडा नम्वर...
आज माघे संक्रान्ति पर्व मनाइँदै
मकवानपुर । आज मा१ अर्थात माघे संक्रान्ति, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि...
अनि यसरी दलियो सिंहदरबारभित्रै कालोमोसो…
काठमाडौं । शुक्रबार शिक्षा मन्त्रलायमा केएमसी सहितका मेडिकल कलेजका सञ्चालकले विद्यार्थीमाथी अनावश्यक रुपमा थोपरेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले जारी राखेको आन्दोलनका विषयमा छलफल आयोजना गरिएको थियो । अपरान्ह तीन बजेतिर सिंहदरवारमा छलफल सकिएपछि नोबेल मेडिकल तथा केएमसी शिक्षण अस्पतालका मालिक सुनिल शर्माले केही पत्रकारहरुलाई अन्तर्वार्ता समेत...
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर भाँडियो
काठमाडौं । नौ महिनाअघि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टबीचमा मर्जर प्रक्रिया औपचारिक रुपमा सुरु हुँदा धेरैले नयाँ ब्राण्डबाट बैंकिङ कारोबार सुरु हुने सपना देखेको थिए । शेयर होल्डरहरुले समेत मालामाल हुने सपना साँचेका थिए । तर, नेपालको इतिहासकै ठूलो बिग मर्जरलाई हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत गरेसँगै सकिएको छ ।...
महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालय तथा सात वटै प्रदेश कार्यालयका लागि जुनियर एसिस्टेन्ट पदको कर्मचारी माग गरिएको हो । उक्त पदका लागि बैंकले स्नातक तहमा म्यानेजमेन्ट विषय लिई कम्तिमा २.५ जिपीए प्राप्त कर्मचारी माग गरेको छ । इच्छुक योग्यता पुगेका...
बंगलादेश बैंकको शेयर कारोबार रोकियो
काठमाडौं । नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको शेयर कारोबार आजबाट रोक्का भएको छ । दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हिजो हस्ताक्षर गरेका हुन् । बंगलादेश बैंकले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । लामो समयको प्रयास र चर्चापछि दुई बैंक गाभिएर एउटै बन्न लागेका...
हेटौंडाका विपन्न परिवारलाई चामल र ब्लाङकेट
मकवानपुर । हेटौंडा उपमहानगरपालिकास्थित हटियाका विपन्न परिवारलाई चामल र ब्लाङकेट वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका र रुँगटा वेलफेयर सोसाइटी आर्दश नगर विरगंजको सहयोगमा चामल र ब्लाङकेट वितरण गरिएको हो । उपमहानगरपालिकाका प्रमुह हरिबहादुर मतहले एक कार्यक्रमबीच स्थानीय ५१ विपन्न परिवारलाई सो सामान हस्तान्तरण गरेका हुन् । सो क्रममा...
हेटौंडासहित ५ पालिकाका नागरिकलाई निःशुल्क रगत
मकवानपुर । मकवानपुर जिल्लाको ५ वटा पालिकाले आफ्नो नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । स्वास्थ्य उपचारका क्रममा आवश्यक रगत पालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । रगत उपलब्ध गराउन पालिकाहरुले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरसँग सम्झौता गरेको हो । रेडक्रस मकवानपुर र पालिकाबीच भएको सम्झौताअनुसार रक्तसञ्चार...
थप ५०८७ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । यससँगै...
सर्वदलीय बैठकमा निर्वाचन आयोगको ७ बुँदे प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो । बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने...










