समाचार
मकवानपुरमा थपिए २५ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा थप २५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (शुक्रबार) एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ७५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य...
सवारी दुर्घटनामा बुढाथोकी र कार्कीको मृत्यु
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गएराति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाका गम्भीर...
जबरजस्ती करणी गर्नेलाई जन्मकैद
काठमाडौं । जिल्ला अदालत रसुवाले जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी...
एमाले महासचिव पोखरेललाई कोरोना पुष्टि
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको सामाजिक सञ्जालमार्फत जनकारी गराएका हुन् । ‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’,...
हेटौंडामा जारी शिक्षक भलिबलको उपाधि महेन्द्र माविलाई
मकवानपुर । हेटौंडामा जारी जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको महेन्द्र माविले हात पारेको छ । शुक्रबार दिउँसो हेटौंडा–४, हुप्रचौरमा सम्पन्न फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविलाई पराजित गर्दै महेन्द्र माविले उपाधि हात पारेको हो । महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित...
माघे सङ्क्रान्ति मेला लगाउन रोक
पर्वत । पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र...
अझै भेटिएनन् रुबी भ्यालीको पहिरोमा पुरिएका तीन जना
काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका तीन जना अझै भेटिएको छैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् । बिहिबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन...
चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो पटकको कोरोना महामारीको समयमा गरिएको चार्टर फ्लाइटमा भएको भनिएको अनियमितताका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाइ उद्धार गर्न चार्टर फ्लाइट गरिएको थियो । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन...
सुन्दरीदेवी र महेन्द्र मावि शिक्षक भलिबलको फाइनलमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौरमा जारी जिल्लास्तरीय भलिबल प्रतियोगितामा थाहा नगरपालिकाको सुन्दरीदेवी मावि र बकैया गाउँपालिकाको महेन्द्र मावि फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमीफाइनल खेलमा सुन्दरीदेवी माविले मकवानपुरगढी गाउँपालिकाको जनता माविलाई पराजित गर्दै र महेन्द्र माविले हेटौंडाको जीएस निकेतन माविलाई पराजित गर्दै फाइनल प्रवेश...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । यस्तै, दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक...










