अझै भेटिएनन् रुबी भ्यालीको पहिरोमा पुरिएका तीन जना

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार ०९:५१
file photo

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका तीन जना अझै भेटिएको छैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् । बिहिबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए ।

साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । आज बिहानबाट पुनः खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका हुन् । बेपत्ता तीनै जनाको आज बिहानैदेखि खोजीकार्य भइरहेको छ ।