एमाले महासचिव पोखरेललाई कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार १५:०७
file-photo

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको सामाजिक सञ्जालमार्फत जनकारी गराएका हुन् ।

‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’, महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।