जबरजस्ती करणी गर्नेलाई जन्मकैद

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार १५:१२
file-photo

काठमाडौं । जिल्ला अदालत रसुवाले जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए । भट्टराईले गत माघ महिनामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका थिए । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो । भट्टराईलाई जन्म कैदका साथै रु ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।