महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार १८:१०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालय तथा सात वटै प्रदेश कार्यालयका लागि जुनियर एसिस्टेन्ट पदको कर्मचारी माग गरिएको हो । उक्त पदका लागि बैंकले स्नातक तहमा म्यानेजमेन्ट विषय लिई कम्तिमा २.५ जिपीए प्राप्त कर्मचारी माग गरेको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १३ गते भित्र कम्पनीको वइब साइट मार्फत आवेदन दिन सक्नेछन् । आवेदन संकलन भइसकेपछि आवेदकहरुलाई जानकारी गराएर थप प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।