हेटौंडाका विपन्न परिवारलाई चामल र ब्लाङकेट

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार १७:१५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकास्थित हटियाका विपन्न परिवारलाई चामल र ब्लाङकेट वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका र रुँगटा वेलफेयर सोसाइटी आर्दश नगर विरगंजको सहयोगमा चामल र ब्लाङकेट वितरण गरिएको हो ।

उपमहानगरपालिकाका प्रमुह हरिबहादुर मतहले एक कार्यक्रमबीच स्थानीय ५१ विपन्न परिवारलाई सो सामान हस्तान्तरण गरेका हुन् । सो क्रममा कार्यक्रममा प्रमुख अतिथि तथा मेयर महतले खान लाउनको समस्या भोग्दै आएका परिवारलाई स्थानीय सरकारले सहयोग गर्दै आएको र अबका दिनहरुमा पनि गर्ने प्रतिवद्धता जनाए । विपन्न परिवारका लागि हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले विशेष सहयोग गरेका थिए ।