थप ५०८७ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार १६:४४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३०६ जना संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।