आज नेपाली बजारमा सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०७८ माघ २,आईतवार १४:०८

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । भाउ बढेसँगै आज नेपाली बजारमा सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै घटेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । भाउ घटेसँगै आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।