थप ४९६१ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ माघ २,आईतवार १६:४९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १५ हजार १३१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, यससँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । हालदेशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ । सो अवधिमा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् ।