आज नेप्से परिसूचक ६९ अंकले वृद्धि

तु खबर संवाददाता
२०७८ माघ २,आईतवार १५:२७

काठमाडौं । आज साताको पहिलो दिन आइतरबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६ दशालव ७४ को विन्दुरमा कायम भएको छ । आज २२९ वटा कम्पनीको १ करोड ८० लाख ४५ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४१ रुपैयाँ कायम भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।