पोखराका लागि उडेको विमानमा समस्या आएपछि पुनः काठमाडौं फर्कियो

तु खबर संवाददाता
२०७८ माघ २,आईतवार १४:२८
file-photo

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि फेरी काठमाडौंमै फर्किएको छ । आज (आइतबार) बिहान १० बजे पोखराको लागि उडेको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि फेरी काठमाडौंमा नै फर्किएका त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंका अनुसार, सो विमान करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सूचना दियो । त्यसपछि पाइलटले विमान फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरेको हो । अहिले जहाजको प्राविधिक परिक्षण भइरहेको छ । सो विमानमा सवार यात्रुहरुलाई अर्को विमानमार्फत पोखरा पठाउने तयारी भइरहेको जनाइएको छ ।