धादिङको पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव फेला

तु खबर संवाददाता
२०७८ माघ २,आईतवार १४:४०
File Photo

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्तीङमा गत बिहिबार गएको पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनामध्ये राजु तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त स्थानमा बाटो खन्दा डोजरसँगै पुरिएका ३ जनामध्ये शनिवार पहिरो पन्छाउने क्रममा काभ्रे घर भएका राजुको शव फेला परेको हो । मृत भेटिएका राजुका आफन्त घटनास्थलमा पुगेका छन् । शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउन लागिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङ भने अझै बेपत्ता भएका छन् ।