बसको ठक्करबाट एक किशोरको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २,आईतवार १५:५५

काठमाडौं । काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा गएराति बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगर रहेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार बस चालकको खोजीकार्य हुनुका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।