समाचार
सबैको सहमति जुटाएर कांग्रेस मकवानपुरको सभापति हुन्छु – लामिछाने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले आसन्न फागुन १३ गते हुने अधिवेशनमा आफ्नो उम्मेदवारी सभापति पदमा रहने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका लामिछानेले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने र त्यसका लागि बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालगायत...
समाजवादी प्रेस संगठन मकवानपुरको अध्यक्षमा चौलागाईँ
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नेपाल मकवानपुरको संस्थापक अध्यक्ष पदमा शिव चौलागाईँ सर्वसम्मत चुनिएका छन् । शनिवार हेटौंडामा सम्पन्न संगठनको प्रथम भेलाले चौलागाईंको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द्रप्रसाद न्यौपाने र मञ्जु पुडासैनी चयन भएका छन् । त्यस्तै सचिवमा...
मानव बेचबिखन तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना पक्राउ
रौतहट । मानव बेचबिखन तथा ओसारपसार र ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका वडा नं.४ सरुअठा बस्ने सुरेन्द्र राय यादव रहेका छन् । लामो समयदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ...
लुम्बिनी सरकार : प्रदेश स्थापना दिवस तीन दिनसम्म मनाउने
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस तीन दिनसम्म मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १–३ सम्म विभिन्न कार्यक्रमको आयोजना गरी प्रदेश स्थापना दिवस मनाउन लागिएको हो कोभिड–१९ सङ्क्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस...
फागुन १ गते सार्वजनिक विदा
धनुषा । मधेश सरकारले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको हो । शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भाग सामान्यतया सफा रहेको छ । शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यता आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा...
मकवानपुर क्रिकेट एकेडेमी संचालनमा आउने
मकवानपुर । मकवानपुर क्रिकेट एकेडेमी संचालनमा आउने भएको छ । क्रिकेट संघ मकवानपुरका प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी रविन गुरुङले उक्त एकेडेमी संचालनमा ल्याउने भएका हुन् । एकेडेमी संचालकका लागि अहिले खेलाडीहरु भर्ना गराउने तयारी भइरहेको बागमती क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिए । कोभिड–१९ का कारण राम्ररी...
आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा सुदीप बर्तौला नियुक्त
मकवानपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको संचालक र व्यवस्थापन समितिको अध्यक्षमा सुदीप बर्तौला नियुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ निवासी बर्तौलालाई शुक्रबार बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बर्तौलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको अध्यक्षमा नियुक्त गरेको हो । बर्तौलाले शुक्रबारनै आफ्नो पदभार समेत ग्रहण...
राक्सिराङ्ग गाउँपालिकाद्वारा छात्रवृत्ति कार्यविधि जारी, प्राविधिक शिक्षालाई प्राथमिकता
मकवानपुरको राक्सिराङ गाउँपालिकाले लामो समयको प्रतिक्षापछि छात्रवृत्ति तथा प्रोत्साहन अनुदान वितरण कार्यविधि जारी गरेको छ । पालिकाभित्रका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति तथा प्रोत्साहन अनुदान वितरण कार्यविधि, कार्यान्वयनमा ल्याएको राक्सिराङ गाउँपालिकाले जानकारी दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) बमोजिम कार्यबिधि...
नेपाली कांग्रेस : मकवानपुरसहित १६ जिल्लाको अधिवेशन फागुनमा
मकवानपुर । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति टुंगो लगाएको छ । यसअघि पटक–पटक स्थगित हुँदै आएको १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । यद्यपी कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछानेले भने स्थानीय निर्वाचन अघि पार्टीको जिल्ला अधिवेशन नहुने बताएका छन् ।...










