आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा सुदीप बर्तौला नियुक्त
२०७८ माघ २९, शनिबार ०८:५०
मकवानपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको संचालक र व्यवस्थापन समितिको अध्यक्षमा सुदीप बर्तौला नियुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ निवासी बर्तौलालाई शुक्रबार बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बर्तौलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको अध्यक्षमा नियुक्त गरेको हो ।
बर्तौलाले शुक्रबारनै आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन् । पदभार ग्रहण गर्दै बर्तौलाले आयुर्वेद अस्पताल संचालकका लागि हेटौंडा उपमहानगरपालिका भित्र जग्गा खोजि गर्ने र जतिसक्दो भवन निर्माणको प्रकृया थालनि गर्ने बताए । पछिल्लो समय आधुनिक औषधि विज्ञानले परम्परागत औषधि उपचारको पद्धति आर्युवेदलाई विस्थापित गरेको देखिएपनि आयुर्वेदलाई व्यापक बनाउन जनचेतना जगाउने काम गर्ने उनको भनाई छ ।
